पुस्तैनी नेतृत्व र  नासुहरुनै हाकिम भएर पालिकामा भ्रस्टाचार बढेको उपसभापती राम बशिष्ठ यादव को दावी।

कटहरिया एर्फम न्युजडेस्क ।
फाल्गुण ३ गते, रौतहट । 
जिल्ला समन्वय समिति रौतहटका उपसभापति राम बशिष्ठ यादव  पुुस्तैनी नेतृत्व र बिगतका नासुहरु हाल हाकिम बनेका  कारण जिल्लाका स्थानीयतहहरुमा भ्रष्टाचार बढेको बताएका छन । 
जिल्लाका १८ मध्ये अधिकांस स्थानियतहमा उपसचिव भन्दा कम बिगतमा बिभिन्न मुद्धा खेपीसकेका कम योग्याता भएका नासुहरु हाल कार्यालय प्रमुख बनेको कारण स्थानीयतहमा भ्रष्टाचार बढेको यादवले दावी गरेका हुन । 
रौतहट स्थित कटहरिया एफएमको साप्ताहिक कार्यक्रम सिधा सवालमा शनिवार अतिथिका रुपमा आएका उपसभापती  यादवले स्थानीयह तहको प्रमुख हाकिम सचिव वा उपसचिव हुनुपर्नेमा रौतहटको गौर,चन्द्रपुर बाहेक अघिकांश स्थानीय तहको प्रमुखमा अधिकृत, नासु, इन्जीनियर तहको कर्मचारी रहेका कारण भ्रष्टाचार मौलाएको बताए । 
कम स्तरका व्यक्ति कार्यालय प्रमुख हुँदा आफनो पदीय मर्यादालाई ख्यालै नगरी नगरको विकास भन्दा बढी कमीशन र भागबण्डाको खेलमा लाग्ने गरेको कारण पछिलो समय अधिकांश स्थानीयतह भ्रष्टाचारको अखाडा बन्दै गएको उनले बताए ।  
मेयर र उपमेयर विच विवाद हुनुको मुख्य कारण नै भागबण्ड रहेको बताउँदै उनले नगर प्रमुख र उपप्रमुख विच हुने गरेको विवादको प्रत्यस असर कर्मचारी र आम नागरिकलाई पर्ने गरेको बताए । 
मेयर र उपमेयर विच कुरा नमिलेकै कारण अझै नगरसभा हुन नसक्दा फतुवा विजयपुर नगरपालिकाको विकास निर्माणको कामकाज प्रभावित हुनुको साथै नगरका कर्मचारी, शिक्षक, स्वाथ्यकर्मी, करार लगाएतका कर्मचारीहरु साउनयता अहिलेसम्म पनि तलवभत्ता खान नपाएको उहाँले दुखेसो गर्नुभयो । 
 मेयर र उपमेयर एक पार्टिको नभई अन्य पार्टिको रहेका कारण पनि उनिहरुबीच भागबण्डामा कुरा नमिल्ने गरेको उहाँको भनाई छ । 
त्यसैगरी पञ्चायतीकालमा बुबा बाजे गाँउको मुखिया पञ्च र हाल उनकै छोरा नातीहरु नगरप्रमुख बनेको कारण जिल्लाका अधिकांस स्थानियतहमा पुरानैसैलीमा काम भईरहेको कारण विकासले गतीलिन नसकेको यादवले टिप्पनी गरेका छन । 
एक अर्को प्रसंगमा समन्वय समितिका उपसभापति राम बशिष्ट यादवले रौतहटको नदिबाट बालुवा, गिटि र ढंगा उत्खन्नमा प्रतिबन्ध लगाईएको र अबदेखी कसैले पनि नदिबाट अबैध उत्खन्न गरेको पाईएमा कडा कार्यवाही गर्ने चेतावनी दिनुभयो । 

प्रतिकृया दिनुहोस