तलव पाउनुपर्ने माग गर्दै फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरु आन्दोलित ।


ओम प्रकाश यादव, कटहरिया एफएम, रौतहट ।
असोज ६ गते, रौतहट ।
तलव निकासाको माग गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका शिक्षकहरुले भोली देखी आन्दोलन गर्ने निर्णय गरेका छन । नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले आज फतुवामा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आफुहरुको प्रथम चौमासिक तलव अझै भुक्तान गर्न नसकेको र र दशैं पेश्की समेत दिन कुनै चासो नदेखाएको भन्दै शिक्षकहरुले आज नगरपालिकाका प्रशासकिय अधिकृत रन्जना साहलाई ज्ञापन पत्र बुझाएको शिक्षक रन्जन खरेलले बताउनुभएको छ ।आफुहरुको तलव भुक्तानी गर्न नगरपालिक मौन रहेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको शिक्षक खरेलले बताए । ज्ञापन पत्रमा शिक्षकहरुले भोली मंगलवार दिउँसो १२ बजेदेखी नगरका सबै विद्यालय बन्द गरी शान्तिपुर्ण धारण दिने र त्यसबाट पनि नगरपालिकाले आफुहरुको माग सुनुवाई नगरे बुधवार थप कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस