खानेपानी संस्था चन्द्रपुरको निर्वाचनमा उपाध्यायको प्यानलै विजयी

कटहरिया एफ एम न्युज डेस्क
रौतहट २९ जेठ।
रौतहटको उतारिभेग चन्द्रनिगाहपुर स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा किशोर प्रसाद उपाध्यायको प्यानल विजयी भएको छ । कूल ६६७ मत प्राप्तगरी उपाध्याय अध्यक्ष पदमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी लेखनाथ कोईरालाले  ३३१ मत प्राप्त गरेका थिए । उपाध्याय प्यानल बाट उपाध्यक्षमा डोल बहादुर ठाडा मगर,सचिवमा अवधेश हरी भट्टराई,कोषाध्यक्षमा बिनिता बख्रेल,सदस्यमा बृजेश प्रसाद साह प्रहलाद मैनाली, दुर्गा प्रसाद हुमागाई,राम प्रसाद साह, बलराम सापकोटा र भरत प्रसाद अधिकारी  विजयी भएका छन ।  महिला सदस्यमा  रत्न कुमारी खडका,कल्पना दाहाल र जानुका तिमलसिना  मत प्राप्त गरी विजयी भएका हुन । खानेपानी उपभोक्ता सदस्य मध्ये  जम्मा १ हजार २७ ले मात्र मतदानमा सहभागि जनाएका थिए ।    निर्वाचनमा नेकपा ९एमाले०, नेपाली काङ्ग्रेस , नेकपा ९एकीकृत समाजवादी० लगायतका दल  मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुहमा उम्मेदवारी दिएको थियो   भने स्वतन्त्रबाट लोकनाथ कोईरालाको प्यानलको उम्मेदवारी परेको थियो । 

प्रतिकृया दिनुहोस