कटहरिया ना.पा.सहयोग नगर्दा खानेपानी सेवा बन्द हुने अवास्थामा 

कटहरिया एफ एम न्युज डेस्क
रौतहट ३१ जेठ।
रौतहटको कटहरिया स्थित खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले आर्थीक अभावको कारण निकट भविष्यमै खानेपानी सेवा बन्द हुने चेतावनि दिएका छन।
लामो समय देखि कटहरिया नगरपालीकाले पानीका महसूल नतिरेका कारण पानी सफा गर्ने केमिकल खरीदमा समस्या, विधुत महसूल तिर्न कठिनाई तथा कर्मचारीको तलव समेत दिन नसकेको अध्यक्ष साहले बताए।
कटहरिया नगरले खानेपानी उपभोक्ता समितिले सञ्चालन गर्दै आएको छ। नपाले पानी निसुल्क गरेको छ। तत्कालिन मेयर सियाराम कुशवाहाले पानिको महसूल तिर्न नगरपालिका बाट ४५ लाख निकासा गरेको थियो। सो मध्ये,२५ लाखा भुक्तानि गरेको थियो तर उनको कार्यकाल सके पछि नया मेयर अजय प्रकास जैसवालले पुरानो बक्यौता २० लाख नदिइएको अध्यक्ष योगेन्द्र साह ले कटहरिया एफ एम लाई  वताएका छन। 
मेयर जैसवाल ले निसुल्क खानेपानी निरन्तरता दिएको छन। हालसम्म कटहरिया नगर माथी नगर विकास कोषको सावाँ १७ लाख ६५हजार १४७,२२
ब्याज १७लाख १७ हजार रुपैयाँ ४०३ रुपैयाँ ३४ लाख ८२ हजार ५५० रुपैयाँ किस्ता बक्यौता रहेको छ। कोषको
कुल ऋण ३ करोड ४३ लाख ४८ हजार ७० रुपैयाँ रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साह ले वताएका छन।
हाल आश्रय निर्माण सेवाले नगर भित्र ढल निर्माण गर्दा जथाभावी गर्दा खानेपानीको पाईप फुटेर महिनौं देखि पानी सप्लाई बन्द, भएको छ। कटहरिया नगरपालीकाले भुक्तानि नदिँदा  झण्डै १३ लाख रुपैयाँ विधुत महसूल बक्यौता, रहेको छ। 
खानेपानीको महसुल बापत पूर्व मेयर सियाराम कुशवाहको पालाको २० लाख र
बर्तमान मेयर जैसवाल को पालामा  ३० लाख रुपैया रहेको छ। पानि टंकी फुटेको छ तर रकमको अभावमा मर्मत नभएको, विद्युत नहुँदा पानी सप्लाई रोकिने, अध्यक्ष योगेन्द्र साहले गुनासो गरेका छन।
यसै प्रकार रहेमा केही समय पछि खानेपानि सेवा बन्द गर्ने अध्यक्ष साहले चेतावनी दिएका छन।

प्रतिकृया दिनुहोस