महायज्ञमा राष्ट्पती भण्डारीको आगमनले धार्मिक पर्यटन प्रवद्र्धनहुने प्रभु साहको बिश्वास कार्यक्रमको सबै तयारी पुरा ।

कटहरिया एफ एम न्युज डेस्क 
रौतहट ५ फागुन । 
रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले मधानी महायज्ञमा राष्ट्पती बिधादेवी भण्डारीको आगमनले धार्मिक पर्यटनको प्रवद्र्धन हुने बिश्वास ब्यक्त गरेका छन।
पर्यटन बर्ष २०२० लाई लक्षितगरी रौतहटको मौलापुर नगरपालिकामा हुनलागेको मधानी महायज्ञमा प्रमुख अतिथिको रुपमा राष्ट्पती भण्डारीको आगमनले महायज्ञको गरीमा बढने तथा पर्यटन प्रवद्र्धनहुने पुर्वमन्त्री समेत रहेका साहले बिश्वास ब्यक्त गरेका हुन । 
आयोजक मौलापुर नगरपालिकाले महायज्ञको तयारीबारे जानकारी दिन आईतवार आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघिय सांसद साहले मधानी महायज्ञ लखराँव यज्ञ रौतहट र बारामा मात्र हुदैआएकाले उक्त यज्ञहरुलाई देशमै स्थापित गर्ने उदेस्यले अगामी ६ गतेदेखी मधानी महायज्ञ हुनलागेको बताएका छन ।
मौलापुर नगरपालिका अन्तरगत पतौरागाँउ छेउमा उत्खननको क्रममा भेटिएको कर्णाटकालिन शिव मन्दिरको प्रांगनमा हुनगईरहेको मधानी महायज्ञले पर्यटन प्रवद्र्धनहुने र पर्यटन बर्ष २०२०लाई सफल बनाउने आयोजकको उदेस्य समेत रहेको संघिय सांसद  साहले बताए ।
पहाडमा प्रकृतिक सौन्दर्य र तराईमा धार्मिक तथा एतिहाँसिक स्थलहरु मध्ये पतौरा स्थित शिव मन्दिर पनी एक खण्ड रहेको उनले प्रस्टाएका थिए ।
सरकारले आयोजना गरेको पर्यटनबर्ष २०२० लाई नेतृत्वगर्न,पर्वद्धनगर्न,पुरातात्विक महत्व बोकेका शिव मन्दिरलाई स्थापितगर्न मौलापुर नगरपालिका र निर्वाचन क्षेत्र ३ लाई समृद्ध बनाउन मधानी महायज्ञले टेवा पुग्ने पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले बताएका छन ।
सोही अवसरमा मौलापुर नगरपालिकाका लेखा अधिकृत पवन महतोले  राष्ट्पतीको प्रमुख आतिथ्यमा हुनगईरहेको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन । 
कर्णाटकालिन शिव मन्दिरको प्राङ्गणमा फाल्गुण ५ र ६ गते ठुलो मधानी महायज्ञ र भव्य साँस्कृतिक कार्यक्रमको पनि आयोजना गर्दैछ ।  अधिकृत महतोले महायज्ञमा विशेष पुजा गर्नको लागि फाल्गुण ६ गते राष्ट्रपति विद्यादेवी भण्डारी आउने जानकारी दिएका छन । 
राष्ट्रपति भण्डारीको स्वागत र सत्कार गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।  पत्रकार सम्मेलनमा मधानी महायज्ञको लागि पुरातात्विक मन्दिर सौन्दर्यीकरण, मन्दिरको मुलगेट निर्माण, महादेव मन्दिर जाने सम्पूर्ण सडकको स्तरउन्नती देखी लिएर पुजाको सम्पूर्ण काम सम्पन्न भइसकेको जानकारी गराईएको छ । 
त्यस्तै यज्ञ हेर्न आउनेहरुका लागि खानेपानी तथा सरसफाईका लागि स्थाई तथा अस्थाई प्रकृतिका शौचालय निर्माण गरिएको छ भने सुरक्षाको लागि मन्दिर क्षेत्रदेखी सम्पूर्ण क्षेत्रमा सि सि टि भी क्यामरा जडानको कार्य पनि सम्पन्न भईसकेको छ । 
त्यस्तै साँस्कृतिक कार्यक्रमको लागि आवश्यक पर्ने स्टेज निर्माण एवं साउण्ड सिस्टम व्यवस्थापनको काम पनि पुरा भएको छ । 
फागुन ६ गते राष्ट्रपति भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ ।
यज्ञको अवसरमा फाल्गुण ६ गते हुने भव्य साँस्कृतिक कार्यक्रममा भारतिय भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली, पर्साका भोजपुरी गायक सुनिल पंडित  तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेतील लगाएतका कलाकारहरु आउने कार्यक्रम तय भएको छ ।
महायज्ञको सुभारम्भमा आज आईतवार नगरक्षेत्रका एकहजार ५१ कुमारी कन्याले माटाको गाग्रीमा ५ किलोमिटर टाढा अँडुवा नदी बाट जल ल्याएर कर्णाटकालिन शिव मन्दिरको प्रांगनमा स्थापित गरेका छन ।
पत्रकार सम्मेलनमा सांसद साहका साथै उनकी श्रीमती अर्थात मौलापुर नगरप्रमुख रिनाकुमारी साह,प्रदेश सांसद कुन्द कुश्वाहा,प्रशासकिय अधिकृत सिकिन्दर साह,नेकपा प्रदेश २ का सदस्यहरु
त्रिभुवन साह,मनोज यादव,जयचन्द्र पटेल,लगायत नगरपालिकाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
अगामी ६ गतेदेखी मौलापुरमा सुरुहुने महायज्ञका साथै बिभिन्न धार्मिक,सांस्कृतिक लगायत कार्यक्रम सहीत अगामी १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस