तराईमा रहेको पर्यटकीय स्थलहरुको संरक्षण एवं सम्बद्र्धन गर्नु पर्नेमा रास्ट्रपति भण्डारीको जोड ।

कटहरिया एफ एम न्युज डेस्क 
रौतहट , फागुन ६ गते ।

रास्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेशमा धार्मिक धरोहरको रुपमा रहेको पर्यकीय स्थलहरुको संरक्षण एवं सम्बद्र्धन भए यहाँ पनि पर्यटन प्रवद्र्धनको उच्च संभावना रहेको बताउनुुभएको छ ।

तराई मधेशको एतिहासिक एवं धार्मिक धरोहरको रुपमा रहेको जानकी मन्दिर जस्ता कयौ पर्यटकीय स्थलहरु रहेता पनि संरक्षणको अभावमा चाहिएको जती पर्यटन भित्रिन नसकीरहेको हुँदा प्रदेश २ मा रहेको सम्पूर्ण पर्यटकीय स्थलहरुको संरक्षण एवं सम्बद्र्धन हुनुुपर्नेमा उहाँले जोड दिनुुभयो ।  

रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौरा स्थित एतिहासिक एवं पुरारात्विक महादेव मन्दिरको प्रांगनमा आज मंगलवार आयोजित मधानी महायज्ञ कार्यक्रमा रास्ट्रपति भण्डारीले यस्तो बताउनुुभयो ।
मौलापुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको मधानी महायज्ञले वास्तवमा याहाँ पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुरयाउने उहाँले विश्वास व्यक्त गर्नुभएको हो । 
कार्यक्रममा बोल्दै प्रदेश नं २ को मुख्यमन्त्री लालबाबुु राउतले प्रदेश नं २ देशमै सबभन्दा पछि परेकोले यस प्रदेशलाई आर्थिक रुपमा सब्बल, समृद्ध एवं विकसित प्रदेश बनाउन संघिय र प्रदेश सरकारको ध्यान जानुआवश्यक रहेको बताउनुुभएको छ । 
समाजलाई रुपान्तरण गर्न र महिलालाई अधिकार सम्पन्न बनाउन आफुुले प्रदेशमा छोरी शिक्षा विमा कार्यक्रम लागुु गरेको उहाँले बताउनुुभयो । 
महिलालाई अगाडि नबढाएसम्म समृद्धि र विकास असम्भव रहेकोले प्रदेश २ को सरकार बेटी बढाउ बेटी बचाउ कार्यक्रम मार्फत प्रत्येक छोरीलाई तिन लाखको शिक्षा विमा गर्न थालेको मुख्यमन्त्री राउत प्रस्ट पार्नुुभयो । 
मुख्यमन्त्री राउतले रौतहटका प्रत्येक पालिकाका प्रमुुख उपप्रमुखहरुलाई छोरी शिक्षा विमाको रकममा पालिकाको तर्फबाट तिन लाख थप गर्न आग्रह गर्नुुभएको छ । 
पालिकाहरुले विमाको रकम तिन लाख थपे प्रदेश सरकारको तिन लाख र पालिकाको तिन लाख गरी छोरीको विमा रकम ६ लाख भएपछि उनिहरुको विहेको लागि परिवारलाई सहज हुने मुख्यमन्त्री राउतको भनाई रहेको छ ।


रास्ट्रपति भण्डारको प्रमुुख आतिथ्य तथा मौलापुर नगरपालिकाकी नगर प्रमुुख रिना देवी साहको अध्यक्षतामा भएको मधानी महायज्ञ कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुुख तिलक पंजियार र मुुख्यमन्त्री राउतको विशिष्ट आतिथ्याता रहेको थियो भने अतिथिहरुमा पूर्व मन्त्री, संघिय एवं प्रदेश सांसदहरुका साथै जिल्लाका नगरप्रमुख, उपप्रमुखहरु, विभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाली चलचित्रका अभिनेता निखिल उप्रेती, नायीका केकी अधिकारी, भारतिय भोजपुुरी जगतका चर्चित अभिनेता दिनेशलाल यादव निरहुवा, नायीका अम्रपालि दुुबे, गायीका ईन्दुु सोनाली, सुुनिल पंडित सहित नेपाल भारतका दर्जनौ कलाकारहरुको पनि उपस्थिती रहेको थियो । 

 
 

प्रतिकृया दिनुहोस