कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेन्टमा मौलापुर लाई पराजित गर्दै कटहरिया विजयी

कटहरिया एफ एम न्युज डेस्क

रौतहट १३ चैत्र।
कटहरियामा आज भएको कटहरिया प्रिमियर लिग टुर्नामेन्ट प्रतियोगितामा  मौलापुर लाई पराजित गर्दै कटहरिया  विजयी भएका छ्न । कटहरिया नगरपालिका वडा नं ५ कटहरियाको क्रिकेट स्टेडियममा आज सोमबार भएको  कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्टमा मौलापुर नगरपालिका लाई कटहरिया ८ बिकेटले पराजित गरेका छ्न । 
जय माँ बौधि क्रिकेट क्लबले आयोजना गरेको टुर्नामेनटको  खेलमा  आज सोमबार  कटहरिया र मौलापुर बिच खेल सम्पन्न भएको छ । टच जितेर कटहरिया फिल्डिङ रोजेको थिए ।  मौलापुर ब्याटिंग गरेर  निर्धारित २० ओभरमा ४ बिकेटको क्षतिमा टिमले १ सय १ रनको योगफल तयार पारेको थिए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाका ले ११ ओभरमा २ बिकेटको क्षतिमा १ सय २ रन बनाई विजयी भएको छ । सो खेलमा कटहरिया टिमका रोहित साह ५० रन, रितीक २४ रन, दिप्पु साहको ६ का प्रहार गरेका थिए । 
आजको खेलमा कटहरिया टिमको मैनअफ द मैच रोहित सोनि भएका छ्न । 
भोलि मंगलबार फस्ट राउनडको खेलमा माधवनारायण र बिसरामपुर बिच र दोस्रो राउन्डमा कटहरिया बौधि माईटिम र भसेढवा बिच   हुने कटहरिया नगर पालिका वडा नम्बर ४ को वडा अध्यक्ष  चनदन कुशवाहा कटहरिया एफ एम लाई जानकारी दिएका छ्न ।

प्रतिकृया दिनुहोस