मधेश प्रदेश फुटबल संघको अध्यक्षमा कार्की निर्वाचन

कटहरिया एफ एम न्युज डेस्क

रौतहट १५ जेठ।
मधेश प्रदेश अखिल नेपाल फुटबल संघको अध्यक्षमा नेपाल कार्की निर्वाचित भएका छन् ।  रौतहटको चन्द्रनिगाहपुरमा शनिवार भएको संघको मधेश प्रदेशको पदाधिकारीको भेलाबाट  कार्की सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो।
त्यसैगरी संघको उपाध्यक्ष द्वय बिजयकुमार गुप्ता महोत्तरी ,सुमन श्रेष्ठ सिराहा,महिला सदस्यमा ललिता कुमारी चौधरी रौतहट,संजिव कुमार यादव सिराहा ,संजय कुमार मण्डल धनुषा ,उदय श्रेष्ठ बारा ,राजकशिोर धामी बारा ,बाबुराम दाहाल रौतहट ,रमेश कुमार श्रेष्ठ सप्तरी ,सुरेश खड्का सप्तरी दिपक लामा सर्लाही सदस्यमा चयन भएको संघले जनाएको छ। अध्यक्ष कार्की रौतहटको चन्द्रनिगाहपुर निवासी हुन।

प्रतिकृया दिनुहोस