गुजारा नगरपलिका लाई ६ बिकेटले पराजित गर्दै कटहरिया फाइनलमा प्रबेस

कटहरिया एफ एम न्युज डेस्क

रौतहट २१ चैत

कटहरिया प्रिमियर लिग टुर्नामेन्ट प्रतियोगितामा  गुजारा लाई ६ बिकेटले पराजित गर्दै कटहरिया फाइनलमा प्रबेस गरेका छन । कटहरिया नगरपालिका वडा नं ५ कटहरियाको क्रिकेट स्टेडियममा आज मंगलबार  भएको  कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्टमा कटहरिया ६ बिकेट  ले पराजित गरेका छ्न । 
जय माँ बौधि क्रिकेट क्लबले आयोजना गरेको टुर्नामेनटको  खेलमा  आज मंगलबार कटहरिया र गुजारा  बिच खेल सम्पन्न भएको छ । 
टच जितेर गुजारा १९ ओभर ३ बवलमा अल आउट हुदै १०२ रन  बनाएका थिए । कटहरिया १७ ओभरमा  ४ बिकेटको क्षतिमा १ सय ३ रन  बनाएर बिजजी भएका छन ।  आजको खेल मा  मैन ओफ द मैच दिपु साह भएको कटहरिया नगर पालिका वडा नम्बर ४ को वडा अध्यक्ष  चनदन कुशवाहा कटहरिया एफ एम लाई जानकारी दिएका छ्न ।
 

प्रतिकृया दिनुहोस