कटहरिया प्रीमियर लीग क्रिकेटको फाईनलमा गरुडा टिम विजयी, पूर्वमन्त्री प्रभू साह द्धारा बधाई ज्ञापन

कटहरिया एफ एम न्युज डेस्क
चैत २७ गते  
रौतहटको कटहरिया  क्रीकेट स्टेडियममा जारी कटहरिया प्रीमियर लिग टी–द्दण् सिजन–१ को  सोमवार भएको फाइनल प्रतियोगितामा गरुडा क्रीकेट टिम ७५ रनले बिजयी भएको छ। बिजयी गरुडा टिम र उपविजेता कटहरिया टीम लाई कार्यक्रमका  प्रमूख अतिथी आम जनता पार्टीका अध्यक्ष प्रभू साह र विशिष्ट अतिथी पूर्व प्रदेश सांसद कुन्दन कुश्वालाले संयुक्तरुपमा सिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए। 
उक्त अवसरमा पूर्व मन्त्री प्रभू साह ले  विजेता तथा उपविजेता टीम लाई बधाई दिंदै क्रिकेट खेलको माध्यमले आफ्नो क्षेत्र तथा जिल्लाको पहिचान अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन अग्रिम शुभकामना दिएका थिए। उहाँले  सानो हुँदाको समय क्रीकेट खेल त्यति लोकप्रिय नभएको जिकीर गर्दै पछील्लो समय क्रीकेट लोकप्रिय भएकोे तथाआफू सपरिवारको फेबरेट खेल क्रिकेट नै भएकोे उल्लेख गरेका थिए। उहाँ ले आयोजक कटहरीया ४ लगायत सम्पूर्ण सहयोगि लाई धन्यवाद दिंदै खेलमा सहयोग गर्न आफू सदैब तत्पर रहने पूर्व मन्त्री प्रभू साहले प्रतिबद्धता जनाएका थिए। 
फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेका गरुडा टिमले ५ विकेट को क्षतिमा सम्पूर्ण ओभर खेल्दै कुल १६८  रन बनाएका थिए। प्रतिउतरमा कटहरिया टीमले १९ ओभराम सम्पूर्ण विकेट गुमाएर मात्र ९३ रन बनाएका थिए। फाईनल खेलमा गरुडा टिमका नितेश यादवले ६० रन, शैलेन्द्र कुशवाहाले ३१ र सोबिन्द्र पासवानले २४ रन जोडेका थिए। त्यसैगरी टी द्दण् सिजन १ प्रतियोगिता खेलमा कटहरीया टिमका दिपु साह लाई,मैन अफ द सिरिज, रोहीत सनीलाई वेस्ट व्याटसमैन, वेस्ट किपर राजु यादव, वेस्ट क्याच एलेक्स यादव, वेस्ट बौलार गरुडाका खेलाडि विपिन साहनी लाई घोषित गरिएको थियो। 
विजेता गरुडा टिमलाई नगद ३१ हजार, उपविजेता कटहरिया टिम लाई २१ हजार तथा शिल्ड, ट्रफि, प्रमाणपत्र बितरण गरिएको आयजक समितिका अध्यक्ष शम्भु साहले बताएका छन। 
उक्त अवसरमा पूर्व मन्त्री प्रभू साह,पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, मौलापुर नगर प्रमुख रिना कुमारि साह, नेताहरु योगेन्द्र साह, चन्दन कुशवाहा, लगायत कटहरिया,गुजरा, मौलापर का जनप्रतिनिधि, शिक्षक,व्यापारी, लगायत सैयौं मानिसको सहभागीता रहेको थियो। कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाको पहल तथा स्थानिय सहयोग बाट गत ११ गते देखि सञ्चालन भएकोे कटहरिया प्रीमियर लीग टी द्दण्क्रिकेट प्रतियोगितामा जिल्लाभरिका १६ वटा क्रीकेट टिमले भाग लिएका थिए।

प्रतिकृया दिनुहोस