कटहरियामा आज भएको कटहरिया प्रिमियर लिग टुर्नामेन्ट प्रतियोगितामा भसेडवालाई ५बिकेटले पराजित गर्दै कटहरिया विजयी भएका छ्न

कटहरिया एफ एम न्युज डेस्क

चैत १४ गते

कटहरियामा आज भएको कटहरिया प्रिमियर लिग टुर्नामेन्ट प्रतियोगितामा भसेडवालाई  ५बिकेटले पराजित गर्दै कटहरिया  विजयी भएका छ्न । कटहरिया नगरपालिका वडा नं ५ कटहरियाको क्रिकेट स्टेडियममा आज मंगलबार भएको  कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्टमा भसेडवालाई ५ बिकेटले पराजित गरेका छ्न । 
जय माँ बौधि क्रिकेट क्लबले आयोजना गरेको टुर्नामेनटको  खेलमा  आज मंगलबार कटहरिया बि टिम  र भसेडवा बिच खेल सम्पन्न भएको छ । टच जितेर कटहरिया  बि टिम फिल्डिङ रोजेको थिए ।भसेडवा  ब्याटिंग गरेर  निर्धारित १६ ओभरमा ७ बिकेटको क्षतिमो १ सय ५ रनको योगफल तयार पारेको थिए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाका बि टिम ले १५ ओभरमा ५ बिकेटको क्षतिमा १ सय ६ रन बनाई विजयी भएको छ  ।  आजको खेलमा कटहरिया  बि टिम टिमको मैनअफ द मैच सदरे आलम  भएका छ्न । 
भोलि बुधबार फस्ट राउनडको खेलमा गरुडा र समन्पुर बिच र दोस्रो राउन्डमा राजदेबी  र गुजारा बिच   हुने कटहरिया नगर पालिका वडा नम्बर ४ को वडा अध्यक्ष  चनदन कुशवाहा कटहरिया एफ एम लाई जानकारी दिएका छ्न ।

प्रतिकृया दिनुहोस