बिश्व प्रसिध्द गढीमाइ मन्दीर विश्व सम्पदा सूचीमा पार्न सिफारिस नहुनु दुःखद

कटहरिया एफ एम न्युज डेस्क
रौतहट  ७ जेठ ।
बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाइ मन्दिर बिश्व सम्पदा सुचीमा सुचिकृत गराउन सरकार बाट सिफारिस नहुनु दुःखद भएको टिप्पणी सुरू भएको छ। गढीमाई मन्दिर युनेसकोको बिश्व सम्पदा सुचीमा नपर्नु सिङ्गो बारा बासीको सम्मानमा धक्का लागे सरह भएको आम जनता पार्टीका स्थाई कमिटि सदस्य उमेश कुशवाहाले दुःख ब्यक्त गरेका छन।

आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गढिमाई मन्दिर  लाई विश्व सम्पदा सूचीमा समावेस गराउन कुशवाहाले छुटाएको कुशवाहाको गुनासो रहेको छ। कुशवाहाले सामाजिक सञ्जालमा उपराष्टपती र जसपाका अध्यक्ष सोहि क्षेत्र बाट प्रतिनिधित्व गरेपनी  गढिमाई मन्दिर विश्व सम्पदा सुचिमा नअटाउनु जिल्ला बासिका साथ ठुलो धोखा भएको  जिकिर गरेका छन।

गढीमाई मन्दिर लाई सूचीमा नपरे अब बाराबासी चुप लागेर नबस्ने उनले चेतावनी दिएका छन। प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलाले विश्वकै ध्यान केन्द्रीत गर्नुका साथै देश बिदेश बाट लाखौँ तिर्थालु पर्यटक आगमन हुने ऐतिहासिक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गराउन पहल गरिदिन उनले सरकार संग आग्रह समेत गरेका छन् ।
विशेष ऐतिहासिक भूमि सिम्रौनगढ र मधेसको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने गढीमाईलाई विश्वसम्पदाको रुपमा स्थापित गर्न सके सिङ्गो मधेस प्रदेशको गौरव बढाउनेछ।
त्यतिमात्र नभई त्यसले बिदेशी पर्यटकको लागि आकर्षण बढ्ने र सो क्षेत्रको आर्थीक उन्नतिको सम्भावना बढ्ने नेता उमेश कुशवाहाको ठम्याई रहेको छ।

प्रतिकृया दिनुहोस