रौतहटमा रजनी होटेलमा आगलागीहुुँदा लाखौंको क्षती

कटहरिया एफ एम न्युज डेस्क 
रौतहट ११ बैशाख ।
रौतहट । रौतहटको दक्षिणीभेग भारतिय सिमानामा रहेको बंकुल स्थित गएराती एकहोटेलमा आगलागी हुुँदा लाखौंको क्षती भएको छ ।
बंकुुलचौक स्थित होटेल रजनी मिटहाउमा बुुधवार राती १ बज बिधुतको तार सर्टभएर आगलागी भएको थियो ।
आगलागी बाट होटेलमा रहेको फ्रिज,स्टेपलाईजर,एलईडि टिभी, फर्निचर,बिभिन्न ब्राण्डका मदिरा बियर लगायतका सामान जलेर नष्ट भएको होटेलका साहुु रामप्रवेश कुुश्वाहाले जानकारी दिएका छन ।
आगलागी बाट कुुल ६ लाखभन्दा बढीको सामान जलेर नष्टभएको प्रहरीचौकी बंकुलका प्रमुख असई सञ्जय बोहराले जानकारी दिएका छन ।
नेपालप्रहरी,सशस्त्रप्रहरी र गाँउलेको सहयोगमा आगलागीको समय हाटेल भित्र रहेको ३ वटा भरिएको ग्याँस सिलिण्डर निकालिएको कारण ठुुुलोक्षती हुनबाट जोगिएको सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बंकुलका प्रमुख सशस्त्रका ईन्सपेक्टर दिपनरसिंह राईले जानकारी गराएका छन ।
आगलागी झण्डै एकघन्टामा नियन्त्रणमा आएको थियो । 

प्रतिकृया दिनुहोस