लकडाउनको कारण राष्ट्यि बिभुुती सिता जयन्ती प्रभावित


संजय मिश्रा
रौतहट २० बैशाख ।
रौतहट । रौतहटमा मनाईने गरेको नेपालको राष्ट्यि बिभुुती तथा जनक नन्दनी सिता जयन्ती यसबर्ष लकडाउनको कारण प्रभावित बनेको छ ।
ईतिहाँसमै पहिलो पटक कटहरिया नगरपालिकाको आयोजनामा गतबर्ष देखी सुुरुगरीएको सिता जयन्ती यस पटक लकडाउनको कारण प्रभावित बनेको हो ।
ईतिहाँसमा जनकपुरका राजा जनकले माता सितालाई आजैको दिनदेखी पुुत्रीको रुपमा स्विकार गरेको मान्यता रही आएको छ ।
मर्यादा पुुरुषोतम रामको जन्मोत्शव नेपाल भारत लगायतका देशहरुमा रामनवमीका दिन मनाउने गरिन्छ ।
जनकपुर,बाराको सिम्रौनगढ लगायतका स्थानमा रामनवमीको अवसरमा मेलाको आयोजना हुने गर्दछ । उक्त अवसरमा नेपालका बिभिन्न जिल्लाका साथै भारतको बिभिन्न स्थान बाट भक्तजनहरु आउने गर्दछन ।
धार्मिक मान्यता अनुसार मर्यादा पुररुषोतम रामको जन्म भारतको उतरप्रदेश अयोध्यामा भएपनी नेपालमा जन्मोत्शव मनाउने गरिन्छ ।
तर सिता नेपालको बिभुती भएपनी उनको जन्मोत्शव न मनाउने गरेको देखेर गतबर्ष देखी रौतहटमा सिता जयन्ती मनाउने सुुभारम्भ गरीएको थियो ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभुु साहको सलाह अनुसार गतबर्ष बैशाख २० गते कटहरियामा सिता जयन्तीको अवसरमा ठुलो जमघट भएको थियो ।
माता सिताको जन्म जयन्ती मनाउने परम्परा सुुरुवात हुँदा नारीजातीकै सम्मान हुने मान्यताका साथ पहल गरीएको सांसद साहले बताएका थिए ।
कटहरिया नगरपालकाको आयोजनामा नेपालमै प्रथम गतबर्ष सुुभारम्भ गरीएको सिता जयन्ती समारोहका प्रमुख अतिथी उप राष्ट्पती नन्दबहादुर पुन रहनुु भएको थियो ।
उक्त अवसरमा देश बिदेशका कलाकारका साथै ठुला ठुला साहित्यकारले सिताको जन्मको महत्वबारे चर्चा गरेका थिए।
सिताको जन्म नेपालमै भएको कारण औपचारिक्तामा मात्र नभई प्रत्येक बर्ष बैशाख २० गते भब्यताका साथ सिता जयन्ती मनाउनुु पर्नेमा साहित्यकारहरुले जोड दिएका थिए।
तर यसपटक कोरोना भाईरसको महामारी नियन्त्रण गर्न गत चैत ११ गतेदेखी लगातार अगामी २५ गते सम्म सरकारले लकडाउन घोषणा गरेको कारण सिता जयन्ती प्रभावित भएको कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले बताएका छन ।
लकडाउनमा घर बाहिर निक्लिन नहुने र सामाजिक दुुरी कायम राख्नुुुपर्ने बाध्यताको कारण यस पटक अर्थात आज परेको सिता जयन्ती घरमै बसेर नारीको सम्मान गरेर मनाईएको मेयर कुश्वाहाले जनाएका छन ।

 

 

प्रतिकृया दिनुहोस