निमित बनाउने विषयमा बिवाद, सिंह दरवार भित्रै गालीगलौज हात हालाहाल

कटहरिया एफ एम न्युज डेस्क

रौतहट २३ असोज।

निमित हाकिम बनाउने विषयमा  बिवाद हुँदा  कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले अपरिपक्वता परिचय दिदैं गालीगलौज का साथै हात हालाहाल सम्म उत्रीएका छन। नगर प्रमुख जस्तो गरिमामय पद धारण गरेका मेयर जैसवाल सामान्य विषयमा सिंह दरवार परिसर भित्रै कटहरिया ५ का दीपक कुमार दुबे संग गालीगलौज गर्दै हात हालाहालमा उत्रिएको घटनाको भिडियो सार्वजनिक भएसंगै उनको चौतर्फी आलोचना हुनथालेको छ।

घटना बिवरण अनुसार मेयर जैसवाल कटहरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिलाउन एकजना कर्मचारी कादिर बाबु देवान लाई लिएर सामान्य प्रशासन मन्त्रालय गएका थिए। उनले देवान लाई प्रमुखको जिम्मेवारी दिन कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन दाहाललाई  लाई कुरा राख्दै थिए। सोही क्रममा त्यहाँ पहिलै देखि बसिरहेका आमजनता पार्टीका केन्द्रिय कार्यालय सचिव बालकृष्ण सापकोटाले कटहरियामा प्रमुख प्रशासकीय अधिकृत मा कुनै उपसचिव लाई पठाउनुपर्ने सुझाएका थिए। त्यसो नभए स्थानिय निकायका कर्मचारी देवान भन्दा सिनियर अर्का स्वास्थका कर्मचारी हरिनारायण साह रहेकाले सिनियारितिको आधारमा प्रमुख प्रशासकिय अधिकृत साहलाई नै बनाउँदा राम्रो हुने प्रमुख दाहाल लाई सल्लाह दीएका थिए। त्यसपछि सापकोटा र मेयर अजय प्रकाश बीच मन्त्रीकै अगाडी भनाभन भएको थियो।

त्यसको केही समय पछि त्यही विषय लिएर मेयर जैसवाल र आमजनता पार्टीका कार्यकर्ता दीपक दुबे बीच सिंह दरवार परिसर भित्रै गालीगलौज हुँदै हात हालाहाल समेत भएको थियो।

मेयर अजयप्रकाश जैसवाल कटहरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव लाई किन ल्याउन चाहँदैनन् एकातर्फ प्रश्न उठेको छ भने सामान्य विषयमा एउटा गरिमामय पदमा बसेका ब्यक्ति सिंह दरवार भित्रै गालीगलौज र मारपीटमा उत्रनु अति निन्दनीय भएको जानकारहरुले टिप्पणी गरेका छन।

स्थानिय निकायका कर्मचारी कादिर बाबु देवान पाँचौं तहको र स्वास्थ्य कर्मचारी हरिनारायण साह सातौँ तहका कर्मचारी हुन। देवान यस अघि अख्तियारको विभिन्न मुद्रामा परेर लामो समय निलम्बित समेत भएका थिए।  कटहरिया नगरपालिकामा यस अघि प्रमुख प्रशासकिय अधिकृत को जिम्मेवारी लिएर तत्कालीन शाखा अधिकृत हाल उपसचिव किरणनिधि तिवारी गएका थिए। कटहरिया नगरको बेथिति देखेर तिवारी केही समय भित्रै स्वयं सरुवा गाराई अन्यत्र गएका थिए। तर निमित प्रमुखको जिम्मेवारी लिएर जाने तल्ला तहका कर्मचारीहरु भने नगरमा हुनेगरेको बेथितिको कहिलै बिरोध गर्न नसकेको स्वयं त्यहाँ कार्यरत कर्मचारीहरूले स्वीकार गरेका छन। यसरी कटहरियाका मेयर अजयप्रकाश जैसवाल मात्र नभई रौतहटका अधिकांस पालिका प्रमुखले मन्त्रालयमा पैसा खर्चेर भएपनि उपसचिव, शाखा अधिकृतको सट्टा तल्ला तहका कर्मचारीलाई निमित प्रमुखको जिम्मेवारी दिलाएर लिएर जानेगरेको जानकारहरूको दाबी रहेको छ।

प्रतिकृया दिनुहोस