फतुवा बिजयपुरमा बिवाद चरम उ्कर्षमा, अनाधिकृत बोलाईएको कार्यपालिका बोर्डको बैठक मान्य स् नहुने कावा मेयर खातुन

 

कटहरिया एफ एम न्युज डेस्क

रौतहट १२ कार्तिक।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको हो।

जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन् भने लोकापर्व छठको मुखमा पनि सामाजिक सुरक्षा भत्ता बितरण हुनसकेको छैन। यसैबीच कार्यवाहक मेयर अम्बेया खातुनले अनाधिकृत रुपमा कसैले बोलाएको कार्यपालिका बोर्डको बैठकको कुनै औचित्य नहुने बताएकी छन्।

मेयर खातुनले एक सूचना जारिगर्दै हाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरहेका स्वास्थका शम्भु कुमार यादवले बोलाएको बैठकमा कुनै औचित्य नरहेको तथा बैठक बोलाउने उसलाई अधिकार समेत नरहेको स्पष्ट पारेकी छन्। स्थानिय सरकार सञ्चालन एन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा ४ क मा कार्यपालिकाको बैठक बोलाउने अधिकार नगरप्रमुखको रहेका छ । नगर प्रमुख संग कुनै सरसल्लाह नगरी पूर्व प्रमुख प्रशासकीय अधिकृत यादवले गत १० गते शुक्रवारको मितिले बोलाएको बैठक उक्त एनको मर्म बिपरित रहेको र २०१२५ दिन पछि शुक्रवार मात्र कार्यालय खुलेको कारण बैठक सम्बन्धी एजेण्डा तयारी नरहेकोले पत्र अनुसारको मिति र स्थानमा बैठक नहुने मेयर खातुन द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

यस अघि बडा दसैंको मुखमा तलब सुविधा पाउने सम्भावना नदेखिए पछि गत असोज १९ गते शिक्षक र कर्मचारीले नगरपालिकाको मुलगेटमा गरेको तालाबन्दी गरेका थिए। तालाबन्दीको झण्डै तिनसाता पछि गत शुक्रवार निलम्बित मेयर गोपाल राय यादवको पहलमा छठपर्व अघि शिक्षक कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने वडा अध्यक्षहरुले जिम्मा लिएपछि तालाबन्दी खुला गरिएको थियो। 

मन्त्रालयले फतुवामा केहीदिन अघि नया प्रशासकिय अधिकृतको रूपमा पठाएको उपसचिव सुरेन्द्र प्रधान लाई जनप्रतिनिधिले बिभीन्न आरोप लगाउँदै हाजिर हुन दिएनन।

कार्यवाहक मेयर आम्बेया खातुनले नया हाकिमको रुपमा उपसचिव प्रधान आउनु पर्ने , बाँकी वडा अध्यक्षहरुले प्रधानलाई हाजिर हुने नदिने अडान लिएका छन्।

असार १० गते भित्र हुनुपर्ने नगर परिषद  जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि सुन्य भएको छ।

नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् भने हिन्दूहरूको महान पर्व दशैं तिहार र छठजस्ता लोकापर्वमा हजारौँ मानिस वृद्ध, वृद्धा, एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाउन बाट वञ्चित भएका छन।

निलम्बित मेयरले बिभिन्न अवरोध उत्पन्न गरेर नगरपालिकाको कामकाज प्रभावित बनाईरहेको कार्यवाहक मेयर अम्बेया खातुनले बताएकी छन्। उक्त आरोप लाई निलम्बित मेयर यादवले खण्डन गरेका छन।

हाल फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर खातुन र वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु बीच आपसी मतभेद भएकाले गत असार १० गतेभित्र गत आर्थिकवर्षको नगरसभा हालसम्म नभएको तथा कहिले हुने भनी अन्यौल बनेको छ। कार्यवाहक मेयरको जिम्मेवारीमा रहेकी खातुन र वडा अध्यक्ष तथा  कार्यपालिका बोर्ड बीच समझदारी नहुँदा नगरको सम्पूर्ण काम अवरुद्ध भएको छ।

लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो।

 

प्रतिकृया दिनुहोस