फतुवा विजयपुरको सबै वडाको लिस्ट न आउँदा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई

 

कटहरिया एफ एम न्युज डेस्क

रौतहट 

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको सबै वडाको लिस्ट उपलब्ध नहुँदा सामाजिक सुरक्षा भत्ता निकासा गर्नमा ढिलाई भइरहेको जानकारी प्राप्त भएको छ।
११ वटा वडा मध्ये आज बिहीवार सम्म सामाजिक सुरक्षा भत्ता पाउने आश्रितको लिस्ट मात्र २ वडाको आएको र नौ वटा वडाको आउन नसकेकाले निकासा हुन नसकेको कार्यवाहक मेयर अम्बेया खातुनले बताउनु भयो।
अहिले सम्म वडा ७ र ११ को लिस्ट आएको तथा बाँकी ९ वटा वडाको लिस्ट आउन नसकेको कारण हिन्दूहरूको चाँडपर्वको समयमा पनि सामाजिक सुरक्षा भत्ता निकासा हुन नसकेकाले बितरणमा समेत ढिलाई भएको मेयर खातुनले जानकारी दिनुभयो।
उहाँले बाँकी रहेका वडाहरुको सामाजिक सुरक्षा पाउने सेवाग्राहीको
लिस्ट अबिलम्ब पठाउन वडा अध्यक्षहरुलाई आग्रह गरेकी छन्। लालबकैया नदीको टेन्डरको मुद्दामा दोषी ठहर भएपछि फतुवा विजयपुरको तत्कालीन मेयर गोपाल राय यादव लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्ष कैद र १५ लाख जरिवाना गरेपछि उनको पद रिक्त भएको थियो।
मेयरको पद रिक्त भएपछि फतुवा विजयपुरमा कार्यवाहक मेयर अम्बेया खातुन र वडा अध्यक्षहरु बीच आपसी तालमेल नहुँदा गत असारमा हुनुपर्ने नगरसभा हालसम्म पनि नभएको कारण नगरको सम्पूर्ण कारोबार ठप्प भएको छ।
मन्त्रालय बाट चिठी बोकेर आएका प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान जनप्रतिनिधि बीच कुरा नमिलेको कारण हाजिर हुनसकेका छैनन्। फतुवा विजयपुरको शिक्षक कर्मचारी गरी झन्डै तीनसय ५० जनाले तलब पाएका छैनन् भने पर्वको मुखमा सामाजिक सुरक्षा भत्ता वितरण अन्यौल बनेको छ।
 

प्रतिकृया दिनुहोस