रौतहटमा मौलापुर नगरपालिका द्वारा सामुदायिक रेडियो मौलापुर संचालन 

रौतहटमा मौलापुर नगरपालिका द्वारा सामुदायिक रेडियो मौलापुर संचालन 

संजय मिश्रा

रौतहट ७ मंसिर ।

 रौतहट । प्रदेश २ कै एकमात्र महिला मेयर रिना कुमारी साहको अगुवाइमा मौलापुर नगरपालिकाले सामुदायिक रेडियो मौलापुर संचालनमा ल्याएको छ ।  मौलापुर एफ एम १०० थोप्लो ७ मेगाहजर् मौलापुर नपा को वडा नम्बर ५ को कर्यालय भबन माथि संचालनमा आएको छ। मेयर रिना कुमारी साह ले बिधिवतरुपमा  सोमबार सांझ  एक कार्यक्रम का बीच  उद्घाटन गरेकि छिन। उद्खाटन कार्यक्रममा उनले रेडियो बाट  अस्लिल गीतहरु  न बजाउन,रेडियोमा  शिक्षा ,रोजगार ,कृषि र स्वास्थ्य संग सम्बन्धि कार्यक्रमलाइ  बढी जोड दिन आग्रह गरेकी थियिन।  उक्त अबसरमा मौलापुर नगरपालिका का उपमेयर गौरी शंकर जयसवाल प्रमुख प्रसासकिय अधिकृत रामबाबु साह ,मौलापुर न पा का  बद्दा नम्बर ५  का बडा अध्यक्ष बहिदार राउत कुर्मी ,चन्देश्वर बैठा आदिले स्वागत मन्तब्य राख्दै रेडियो को प्रगती को कामना गर्नु भएको थियो। मौलापुर एफ एम  का उपाध्यक्ष अमर साह रेडियो  बाट  स्थानीय न्युज प्रसारण हुनुका साथै निकट भबिस्यमा  मौलापुर टी बी पनि संचालन मा आउने जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस