रौतहटमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु।

कटहरिया एफएम न्युज डेस्क 
रौतहटमा ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा गरुडा नगरपालिका ६ पठियाहिका महमद सैफुला रहेको ईलाका प्रहरी कार्यालय गरुडाका ईन्स्पेक्टर बिरेन्द्र पाश्वानले बताएका छन ।
कटहरिया नगरपालिका १ हर्षाहा गाउँ बाट खर लोड गरेर गएराती घरतर्फ जानलागेको ना०४ त ४१४२ नम्बरको ट्याक्टर लालबकैया नदिको बांध बाट झन्डै २० फिट तल खेतमा झरेको थियो । चालक सैफुलाको घटनास्थलमै मृत्यु भएको थियो । अबेर राती भएको दुर्घटना बारे मानिसलाई थाहा हुनसकेन । आज बिहान १० बजे हर्षाहाका गाउँलेहरु कटहरिया बजार तर्फ जानेक्रममा उक्त घटना देखेर प्रहरी लाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमको लागि आज जिल्ला अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रतिकृया दिनुहोस