बलयुडका चर्चीत गायीका पमेला जैन  र विजय यादव निर्विजको   को स्वरमा मन्जीत गीत सार्वजनक 

कटहरिया एफ एम न्युज डेस्क 

रौतहट २१ जेठ ।   
गायक तथा अभिनेता विजय यादव निर्विज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 
पुर्नेन्दु प्रोडक्सनको प्रस्तुती, चन्दुज स्टुडियोज र निर्विज प्रोडक्सनबाट निर्माण भएको भोजपुरी रोमान्टिक भिडियो म्युजिक ‘मन जीत’ शनिबार संघीय राजधानी काठमाडौंमा आयोजिक एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका र र्राष्ट्रिय जनसांस्कूतिक माहासंघको   केन्द्रीय  सचिव तथा  प्रदेश नं। २ का चर्चित गायक कलाकार विजय यादव निर्विजको स्वरबाट सुसजित उक्त मन जित ‘‘ सार्वजनिक गरिएको हो ।
पुर्नेन्दु झाको निर्देशन रहेको भोजपुरी म्युजिक भिडियोमा अभिनेता विजय यादव निर्विज र रचना सिवाकोटीले अभिनय गरेका छन् ।
कोरियोग्राफी  कमल राई, क्यामेरा आलोक सुकला, आर्ट डिरेक्टर जटासंकर गोसाई रहेका छन । मन जीतमा निर्विजको गीत, सन्तोष राज सहनीको सँगीत, शिशिर पाण्डेयको अरेन्ज र निर्माण  व्यवस्थापन मदन श्रेष्ठको रहेको छ भने पमेला जैन र विजय यादव निर्विजको स्वर रहेको छ । कलाकार बिजय यादव निर्विज  भरखर सम्पन्न स्थानिय तहको चुनावमा फतुवा विजयपुर नपा बाट नेकपा एमालेको तर्फबाट मेयरको उमेदवार भाई दोश्रो स्थान प्राप्त गरेको थियो ।

प्रतिकृया दिनुहोस