गौर भन्सारले मिलोमतोमा कम मूल्यमा मलखाद लीलाम गरेको आरोप

 

कटहरिया एफ एम न्युज डेस्क
रौतहट १ जेठ।
जिल्ला भन्सार कार्यालय गौरले तस्करको मिलोमतोमा कम मूल्यमा भारतिय मलखाद लीलाम गरेको आरोप लागेको छ। २९ गते शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले ५ राउण्ड गोली चलाएर बरामद गरेको मलखाद गौर भन्सारले  तस्करको मिलोमतोमा लिलाम गरेको हो। जिल्ला भन्सार कार्यालय गौरका प्रमुख वासु नेपाल र नायब सुब्बा रेवती रोक्काले आर्थिक प्रलोभनमा तस्करको मिलोमतमा बजार मुल्य भन्दा आधा मूल्यमा मलखाद लीलाम गरेको स्थानीयले दावी गरेका छन।

गौर भन्सार कार्यालयले आज सोमवार ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटासलाई लिलाम बढाबढ गरिने सूचना जारी गरेको थियो। सुचना जारीहरेको केही समय भित्रै  लिलामी गरेकाले पनि तस्करको मिलोमतोमा भएको बुझिएको छ।
प्रहरीको संयुक्त टोलीले कूल २० लाख २६० मूल्य मुल्य कायम गरी पठाएको मल खाद गौर भन्सारले आज जय मा दूर्गा ईन्टप्राईजेज राजापुर लाई मात्र १० लाख रुपैयाँमा  जिम्मा लगाएको हो।
प्राहरीले बरामद गरेको रासायनिक मल गौर भन्सार कार्यालयले तस्करको मिलेमतोमा न्यून दर रेट कायम गरी लिलामी गरेको स्थानिय सञ्चारकर्मी आर एन साहले दावी गरेका छन। 
जिल्ला भन्सार कार्यालय गौरका प्रमुख वासु नेपालले  ठाउँको अभाव तथा खुल्ला कम्पाउन्डमा राखिएको मल वर्षाले बिग्रिँने हुँदा  लिलामी गरिएको  बताए।  तस्करसँग कुनै किसिमको मिलोमतो नरहेको प्रमुख नेपालले प्रतिक्रिया दिएका छन। 

प्रतिकृया दिनुहोस