१५ दिनभित्र भुक्तानी दिने भनेर बैजुनाथ चिनिमील लिएको उखुँको रकम ४ महिनामा पनि नपाएको गुनासो

कटहरिया एफ एम न्युज डेस्क
रौतहट १६ जेठ।
१५ दिनभित्रै भुक्तानी दिने प्रतिबद्धता जनाएर रौतहटको कटहरिया डुमरिया स्थित बाबा बैजुनाथ चिनी मिलले लिएको उखुँको रकम ४ महिनामा पनि पाउन नसकेको किसानहरूले गुनासो गरेका छन।
वैजुनाथ सुगर मिलले ४ महिना अघि लिएको उखुँको ४ महिनामा पनि भुक्तानी नदिँदा किसानहरू ठुलो समस्यामा परेका छन्।
कटहरिया ४ टोलापुरका उखुँ किसान धीरेन्द्र कुशवाहाले ४ महिना अघि मिलमा ६ ट्याक्टर उखू दिएकोमा एउटा चालान पूर्जिको भुक्तानि १५ दिन भित्रै पाएको बताए। बाँकी ५ वटा पुर्जिको भुक्तानीको लागि पटकपटक मिलमा दौडदा पनि हालसम्म पाउन नसकेको गुनासो गरेका छन। उखुं काट्ने मजदुर तथा ढुवानी गर्ने ट्याक्टर धनिलाई कर्जा सापट लिएर दिएको र मिलले समयमा भुक्तानी नदिँदा थप समस्यामा परेको कटहरिया एफएम लाई जानकारी दिएका छन।
बावा बैजुनाथ चिनि मील डुमरियामा उखू दिएर ४ महिना देखी हैरान हुने किसान एकजना कुशवाहा मात्र नभई रौतहट र बाराका दर्जनौं किसान रहेका छन। मिलले १५ दिनमै भुक्तानी दिने प्रतिबद्धता जनाएका कारण दर्जनौ किसानले मिहिनेत पसिनाले उब्जाएको उखू मिल लाई उधारोमा दिएको थियो। माघ महिनामा उखु चालान् गरेर भुक्तानीको लागि कैयौं किसान दैनिक कटहरिया डुमरिया दौडिरहेका पीडितहरुले गुनासा गरेका छन। बाबा बैजुनाथ चीनी मिल डुमरियाका जेनरल मनेजर सियाराम साहले माघ महिना सम्म चलेको उखूको भुक्तानी प्रक्रिया सुरुरहेको तथा त्यस पछि चालेको उखूको भुक्तानी केहीदिन भित्रै सुरुहिने बताएका छन।

प्रतिकृया दिनुहोस