रौतहटको मध्यभाग गरुडामा नबिल बैंकको नयाँ शाखा संन्चालनमा 

कटहरिया एफ एम न्युज डेस्क
रौतहट १९ जेठ।
नबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले गरुडामा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयको बिहिबार एक समारोहका विच गरुडा नगरपालिकाको नगर प्रमुख ९मेयर०कन्थमनि प्रसाद जैसवालले पान्समा बति बालि उद्धघाटन गर्नु भएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर जैसवालले शाखाले परिस्कृत ढंगबाट ग्राहकलाई सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएका थिए ।रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा क्षेत्रमा मात्रै बैंकको शाखा खोल्ने परिपाटीको अन्त्य गर्दै मुख्य बजार क्षेत्र बाहिरका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले शाखा सञ्चालनमा ल्याएमा खुसी व्यक्त गर्दै उनले भने, ‘नबिल बैंक देशको एउटा सर्वोत्किृष्ट वित्तीय संस्था मध्ये एक हो । लामो समयदेखि नेपालको अर्थतन्त्रमा यसले ठूलो सहयोग पु¥याउँदै आएको छ । आशा गर्छु नयाँ शाखाले बैंकको यस विरासतलाई कायम राख्छ ।’मेयर जैसवालले बैंकलाई प्रत्येक शाखाबाट ग्राहकको लागि राम्रो व्यवस्थापन गर्न आग्रह समेत गर्नु भएका थिए ।।

नगर प्रमुख जैसवालले भने यो बैँक नयाँ होईन यो बैँक पनि धेरै नै पुरानो रहेको हो तर यस ठाउँमा नयाँ सन्चालन हुँदा यहाका लागी नयाँ नै हो तर यसको सेवा सुबिधा पुरानै नै हो ।यस बैँकसंग आबद्ध रहेका ग्राहकहरु सन्तुष्ट रहेको बताउनु भयो ।त्यति मात्र नभएर बैँकको हरेक सेवा सुबिधा ग्राहकहरुमा सर्वसुलभ तरिकाबाट प्रदान गर्न आग्रह गर्नु भएका थिए ।यस गरुडामा सबभन्दा पहिला राष्ट्रिय बाणिज्य बैँक र निर्धन लघुबित बितिय संस्थाले सेवा दिदैँ आईरहेका थिए तर आजकल अनेकौँ बैँक तथा संस्थाहरु सेवा दिईरहेको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै नव सञ्चालित शाखाका प्रवन्धक बिश्वनाथ प्रसाद यादबले नयाँ शाखा आफैमा स्वयंपूर्ण भएको बताउँदै रौतहटमा रहेका अन्य दुई वटा शाखाझैँ यहाँबाट पनि सेवासुविधा उपलब्ध हुने बताए ।

नबिल बैंकले आजै देशभरका विभिन्न स्थानमा ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी पनि गराए । ‘आज थपिएका ३८ नयाँ शाखासँगै नबिल बैंकको देशभर २५५ वटा शाखा पुगेका छन्,’ उनले भने । हाल देशका विभिन्न स्थानमा २८३ वटा एटीएम पनि सञ्चालनमा रहेको उनले बताए ।साथ साथै शाखा प्रबन्धक यादबले २०८० बैशाखको अन्त्यमा ३ खर्ब ७३ अर्व डिपोजिट रहेको छ भने ३ खर्ब ३४ अर्ब लगानी समेत रहेको बताउनु भयो । विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै सेवाग्राहीको मनमुटुमा बस्न र मन जितन सफल रहदैँ आएको नबिल बैंक मुलुककै अग्रणी बैंक मध्येको एक हो । बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ । कार्यक्रममा चन्द्रपुर नविल बैँकका शाखा प्रबन्धक बिरेन्द्र प्रसाद पटेल ,उधोग बाणिज्य संघ गरुडा रौतहटका अध्यक्ष हरेन्द्र प्रसाद चौधरी,नेकपा एमालेको नेता कलिमुल्लाह,ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल ,सुनचाँदी ब्यवसाय रामजि साह ,उधोग बाणिज्य संघ गरुडा रौतहटका सदस्य संन्तोश जैसवाल ,बिजय साह ,युवा नेता शैलेस जैसवाल ,श्याम सहनी ,कान्तिपुर पत्रिकाका रौतहट प्रतिनिधि राजेश्वर पाण्डे लगायत पत्रकारहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस