हाकिमको हस्ताक्षर गरी पेस्की फर्छौंट गर्न खोज्ने गरुडाका कर्मचारी पक्राउ

कटहरिया एफ एम न्युज डेस्क
रौतहट १२ जेठ।

रौतहटमा एक स्थानिय तहका हाकिमको किर्ते हस्ताक्षर गरि पेस्की रकम ५ लाख रुपैयाँ फर्छौंट गराउन खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन्। जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको किर्ते हस्ताक्षर गरी पेस्की फर्छौट गर्न खोज्ने कर्मचारी राम नारायण सहनी पक्राउ परेका हुन 
पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी  सहनीले भता वितरण गर्न केही समय अघि ५ लाख रुपैयाँ पेस्की लिएका थिए । 
सोही पेस्की बापत सहनीले पोषण सम्बन्धी एउटा गोश्वारा भौचरमा सहनीले कीर्ते हस्ताक्षर गरी फछ्र्यौट गरेको फेला परेको अधिकृत झाले बताएका छन । पाँच लाख रुपैयाको गोश्वारा भौचरमा सहनीले कार्यालय प्रमुख भूदेव झाको कीर्ते हस्ताक्षरगरी र कार्यालयको छाप लगाएर फछ्र्यौट गरेको फेला परेपछि गरुडा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत भूदेव झाले ईलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेका थिए । 
खबर लगत्तै सहनीलाई प्रहरीले पक्राउ गरी लागेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमूख डिएसपि ओमप्रकास खनालले पक्राउ परेका कर्मचारी सहनी माथी किर्ते र सरकारी छाप दुरुपयोग बारे मुद्दा दर्ता गरीएको बताएका छन । 
जिल्ला अदालत गौरबाट म्याद थमाएर सहनिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपि खनालले जानकारी दिएका छन। कर्मचारी सहनी यस अघि पनि गरुडा नगरपालिकामा कीर्ते गरेको तथा किर्ते कार्यमा अन्य कर्मचारीको पनि संलग्नता हुनसक्ने भन्दै गरुडा नगरपालिकाले आन्तरिक रुपमा छानबिन सुरु गरेको छ।
 

प्रतिकृया दिनुहोस