रौतहटमा एक बिधालय बाट ६ थान कम्प्युटर चोरी, १ जना चोर पक्राउ 

कटहरिया एफ एम न्युज डेस्क
रौतहट १९ जेठ।
रौतहटको  एक सामुदायक बिधालय बाट ६ थान कम्प्युटर सहित सामान चोरी भएको छ भने एकजना चोर पक्राउ परेका छन्।
स्थानीय वृन्दावन नगरपालिका २ स्थित श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुर बाट गएराति कम्प्युटर सहित लाखौं बराबरको सामान चोरी भएको हो। चोर समूहले विद्यालयको  प्रधानाध्यापक कक्ष,लेखा तथा प्रशासन फाँट र कम्प्युटर ल्याबको तल्चा फुटाएर चोरी गरेका छन् । कम्प्युटर ल्याब बाट ४ थान, स्मार्ट क्लास बाट एक थान र लेखा तथा प्रशासन फाँटबाट एक थान गरी  ६ थान कम्प्युटर र केही  महत्वपूर्ण कागजात चोरी भएको भएको विद्यालयका प्रधानध्यापक प्रेमलाल पटेलले बताएका छन  विद्यालयमा जडान गरिएको सिसिटिभि क्यामारा समेत  चोर समूहले तोडफोड गरेको प्रधानाध्यापक पटेलले बताएका छन् घटनाको जानकारी पछी वृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मी, पुर्व मेयर राम स्नेही राय यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिकिन्द्र पटेल, स्थाइ प्रहरी चौकी बिश्रामपुरका र इलाका प्रहरी कार्यालय गरुडाको टोली बिद्यालयको निरीक्षण गरेको थियो।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमूख डिएसपि ओमप्रकास खनालले चोरीको घटनाको पुष्टि गर्दै चोरीमा संलग्न एकजना केही चोर सामान सहित पक्राउ परेको बताएका छन। साथै घटनाको थप अनुसन्धान भईरहेको उनले जानकारी दिएका छन

प्रतिकृया दिनुहोस