रौतहटमा उत्कृष्ट एसईईका बिद्यार्थी निजिका भएपनि सामुदायिकको दाबी

कटहरिया एफ एम न्युज डेस्क
रौतहट २२ असार।
देशैभरिका एसईई परीक्षाको हालै भएको नतिजा प्रकाशन रिजल्ट अनूसार बरगिनिया घर भएका निजि बोर्डिङमा पढेका एकजना बिद्यार्थी रौतहट मै उत्कृष्ट भएका छन्। तर उक्त विद्यार्थी सामुदायीक माबि सितालापुरको रहेको भ्रम फेलाउन खोजिएको छ। स्थानिय फतुवा बिजयपुर नगरपालिका(२ बैरगनिया घर भएका रामबालक ठाकुरका छोरा सतिश कुमार ठाकुर जिल्लाभरिको मैं उत्कृष्ट भएको जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका प्रमुख रामबिनय कुमार सिंह बताएका छन। । 
सतिश ठाकुरले ३।९५ जीपीए ल्याएका छन्। उनको सिम्बोल नम्बर ०३५०८३८० आर भएका उनी ९८।७५ प्रतिशत अंक ल्याउन सफल भएका छन् । उनले एसईई परिक्षा भने माबि सितालपुर बाट दिएका थिए। यसैबीच सतिस ठाकुर एसईई परिक्षामा उत्कृष्ट भएको रिजल्ट आएपछि माबि सितलपुरका शिक्षकहरू गम्मक परेका छन्। बिधालयका शिक्षक पैसा खर्च गरेर पनि आफ्नो बिद्यालयको विद्यार्थी जिल्लामै उत्कृष्ट भएको गलत समाचार लेखाउन मरिहत्ते भएका छन्।

जबकी बिद्यार्थी सतिस ठाकुर वर्षभरि हिमालीबास स्थीत मेरीगोल्ड ईंग्लिश बोर्डिङमा पढ्ने परिक्षा मात्र माबि सितालपुर बाट दिएको स्थानिय सञ्चारकर्मी दीपेन्द्र रजकले बताएका छन। उता  प्रधानाध्यापक बुनिलाल यादवले सतिस ठाकुर निजि बोर्डिङमा पढेका स्वीकार गर्दै एसाईई परिक्षा माबि सितालापुर बाट दिएका त्यसको जस आफूले पाउनुपर्ने दाबी गरेका छन। रौतहट जिल्लाको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालीकामा सामुदायीक बिद्यालयको शिक्षाको अबस्था सन्तोषजक रहेको छैन। यहाँका केही विद्यालय जस्तै दुधिअवा माबि, माबि विजयपुरको शिक्षाको अबस्था केहि राम्रो भएपनी अन्य सामुदायीक विद्यालयमा पठनपाठनमा अतिनै लापरवाही देखिएको छ। हाल माबि सितलपुरका प्रधानाध्यापक यस अघि हिमाली माबि हीमालिबासका प्रधानाध्यापक हुँदा त्यहाँको पठनपाठन एकदमै नाजुक रहेको थियो। त्यस अघि उनि फतुवा विजयपुरको नगर शिक्षा संयोजक रहँदा त्यहाँका विधालयको अवस्था लथालिंग थियो भने शिक्षाको नाउँमा ब्यापक अनियमितता भएको थियो।

प्रतिकृया दिनुहोस