कटहरियाका बिद्यालयहरु असार १ सम्म बन्द रहने

कटहरिया एफ एम न्युज डेस्क
रौतहट २८ जेठ।
पछिल्लो केहि दिनदेखि लगातार बढेको गर्मीको कारण बन्दरहेको रौतहटको कटहरिया नगरक्षेत्रका सबै सामुदायीक बिद्यालयहरु थप ४ दिन बन्द हुने भएको छ। कटहरियाका मेयर अजयप्रकास जैसवालले आईतबार एक सूचना जारिगर्दै नगरभित्रका सम्पुर्ण सामुदायीक विधालय आगामी असार १ गते सम्म बन्द रहने जनाएको छ।
बढदो गर्मीले बिधार्थीहरुलाइ स्वास्थमा पर्नसक्ने प्रतिकुल असरलाइ मध्ञजर गरि नगर्पालिका अन्तर्गतका बालबिकाश देखि कक्षा १२ सम्मका सबै  सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २९ गते देखि असार १ गते सम्म बन्द रहने जारी सुचनामा उल्लेख गरिएको छ। यस अघि जिल्लामा अत्यधीक गर्मि बढे सङ्गै शिक्षा समन्वय ईकाई रौतहटले एक सूचना जारिगर्दै आज २८ गतेसम्म सम्पूर्ण सामुदािक बिद्यालयहरू बन्द राख्न निर्देशन दिएको थियो।

प्रतिकृया दिनुहोस