सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट हुनूपर्ने आजपा अध्यक्ष प्रभू साहको माग

कटहरिया एफ एम न्युज डेस्क
असार १ गते।
सार्वजनिक सवारी साधनमा विद्यार्थीहरुलाई देशमा काठमाडौं बाहेक अरू सहरमा छुट नदिइएको भन्दै आज बिरगंजमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्ता संग भेटघाट तथा  अन्तरक्रिया कार्यक्रममा आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू साहले आपत्ति जनाएको छ ।
सरकारले विद्यार्थीहरुका लागि सार्वजनिक यातायातमा कूल भाँडादरको ४५ प्रतिशत छुट दिने व्यवस्था व्यवस्था भएपनि उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै आम विद्यार्थी मोर्चाको नेता उमेश कुशवाहले  दुःख ब्यक्त गरेका हुन्।
सार्वजनिक यातायातमा विद्यार्थीले पाउनु पर्ने सहुलियत कार्यान्वयनका लागि तत्काल पहल गर्न आम विद्यार्थी मोर्चाले आग्रह गरेको छ । विद्यार्थीले छुट पाउने व्यवस्था कार्यान्वयन नभए चरणवद्ध आन्दोलनमा उत्रने पनि आम विद्यार्थी मोर्चाले  बताएको छ ।
‘नेपाल सरकारले विद्यार्थीहरुका लागी सार्वजनिक यातायातमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

तर, धेरै समय बितिसक्दा पनि सो व्यवस्था कार्यान्वयन नभएकोले तँहाको कार्यालय मार्फत कार्यान्वयन गराईदिनहुनका लागि हार्दिक अपिल सहित संघर्ष अगाड़ी बढ़ाउने प्रतिबद्धता  कार्यक्रम सम्पन्न भएकोछ ।  साथै यहि कार्यक्रम मार्फत यहि असार ६ गते बिरगजको बस पार्कमा  सार्वजनिक यातायातमा ४५ ५ छुट कायमको लागु अन्तरक्रीया कार्यक्रम राखेका हुन्। उक्त अवसमा आजपा नेता उमेश कुस्वाहा, बाबुराम कौशिक, सुधीर यादव, इस्लाम हवारी, महिला नेतृ बबिता यादव लगायतको सहभागिता रहेको थिए।

प्रतिकृया दिनुहोस